logo
  • शनिबार, असोज १७ २०८३

रुकुमपूर्वमा प्रचण्डको अग्रता कायमै


  • पब्लिक सूचना
  • शुक्रबार, फाल्गुन २२ २०८२

रुकुमपूर्व, फागुन २२ गते । रुकुमपूर्वको मतगणनामा सुरु देखि नै नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले अग्रता कायमै राख्नु भएको छ ।

भूमे गाउँपालिका– १ देखि ८ वडाको ५ हजार १ सय २३ मतगणना हुँदा सदर ४ हजार ९ सय ८० मत र बदर मत १ सय ४३ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जसमा नेपाली कम्युनिस्ट पार्टीका प्रचण्डले २ हजार ९ सय ८९ मत लिनुभएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । यसैगरी, नेपाली कांग्रेसका सुकुस थापाले ९ सय १६ मत, नेकपा एमालेका लीलामणि गौतमले ५ सय ९२ मत, रास्वपाका लखन थापाले २ सय ८९ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, राप्रपाका रोशन शाहले १३ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले १७ मत, प्रलोपाका सन्दिप पुनले ५८ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योती रोकाले ४७ मत, नेशनल रिपब्लिकका धर्मकुमार बुढाले २८ मत, नेकपा माओवादी जुद्धबहादुर बुढाले २९ मत र जसपाका सिरबहादुर बुढाले २ मत लिनुभएको छ ।

अब भूमे–९, सिस्ने गाउँपालिका–१ र २ को मतगणना हुँदै छ । जिल्लामा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १ सय ८८ मत खसेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend