पब्लिक सूचना
दक्षिण भारतीय अभिनेता प्रभास र दीपिका पादुकोणको फिल्म ‘प्रोजेक्ट के’ को आधिकारिक शीर्षक सार्वजनिक गरिएको छ। फिल्मको नाम ‘कल्की २८९८ एडी’ राखिएको छ।
बिहीबार फिल्मको टिजर समेत सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा प्रभासलाई कल्कीको रूपमा प्रस्तुत गरिएको छ भने दीपिका भिन्न अवतारमा देखिएकी छन्।
साइन्स फिक्सन फिल्ममा नयाँ भारतीय सुपरहीरो निर्माण गरिएको छ। तर फिल्मबाट प्रभासको लुक्स सार्वजनिक भएसँगै ट्रोलको शिकार भइरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ‘सस्तो आयरन म्यान’ भन्दै ट्रोल गरिरहेका छन्।
नाग अश्विनले निर्देशन गर्ने फिल्ममा प्रभास र दीपिकासँगै अभिताभ बच्चन र कमल हसनको मुख्य भूमिका छ। फिल्मको बजेट ५०० करोड भारू रहेको बताइएको छ।
यस फिल्ममार्फत अमिताभ बच्चन र कमल हसन ३८ वर्षपछि एकसाथ काम गर्दैछन्। उनीहरूले सन् १९८५ मा फिल्म ‘गिरफ्तार’ मा एकसाथ काम गरेका थिए।
यो फिल्म सन् २०२४ मा प्रदर्शन हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend