पब्लिक सूचना
नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार प्रतितोला पाँच हजार सात सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ४५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार दुई सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend