logo
  • आइतबार, असोज १८ २०८३

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रतिबन्ध


  • पब्लिक सूचना
  • शुक्रबार, फाल्गुन १५ २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्ष होली पर्वमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न र मेला महोत्सव आयोजना गर्न रोक लगाएको छ ।

साथै निर्वाचनको सुरक्षाका कारण समेत यो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।

उनले जारी गरेको सूचनामा लेखिएको छ, ‘…खुला सडक, सार्वजनिक स्थानमा भेला भई भिड जम्मा गर्ने, मेला महोत्सव गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रमहरु गर्ने, मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्ने जस्ता कार्यहरु र निर्वाचन आचारसंहिता प्रतिकूलका गतिविधि नगर्न/नगराउन समेत सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ ।’

होली पर्व मनाउने नाममा कसैले चुनाव प्रचारको रुपमा उपयोग गर्न सक्ने भन्दै प्रशासनले कडाइ गरेको छ ।

प्रशासनले निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने स्मरण गराएको छ । होली पर्वलाई लक्षित गरी निर्वाचन चिह्न वा उम्मेदवारका तस्वीर अंकित भेष्ट, टिसर्ट, कमिज, गम्छा लगायतका कपडाहरु प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ ।

होली पर्वलाई मर्यादित बनाउने उद्देश्यले कसैको इच्छा विपरीत रंग अबिर दल्न वा लोला हान्न पनि रोक लगाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend