logo
  • आइतबार, असोज १८ २०८३

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा


  • पब्लिक सूचना
  • बिहिबार, फाल्गुन १४ २०८२

प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा `मधेस सभा´ गरेको नेपाली कांग्रेसले आज एकै दिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ।

कांग्रेसले आज एकैदिन सुर्खेत र बाँकेमा चुनावी सभा गर्ने भएको हो।

गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो।

सुर्खेत र बाँके आज हुने चुनावी सभामा सभापति गगन कुमार थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भूसाल लगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रवक्ता चालिसेका अनुसार सभापति थापासहितका शीर्ष नेताहरू हेलिकप्टर मार्फत चुनावी सभामा पुग्ने छन्। यस्तै ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन्।

कांग्रेसले भोलि फागुन १५ गते रुपन्देहीको बुटवल र कास्कीको पोखरामा चुनावी सभा गर्दैछ भने फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ।

कांग्रेसले कोशी र सुदूरपश्चिममासमेत सभाको तयारी गरिरहेको छ। तर मिति भने तय भइसकेको छैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend