logo
  • आइतबार, असोज १८ २०८३

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन भन्दै प्रधानमन्त्रीलाई फूल दिएर शुभकामना


  • पब्लिक सूचना
  • आइतबार, फाल्गुन १० २०८२

निर्वाचनको तयारी र विभिन्न प्रदेशको वस्तुस्थिति बुझ्ने क्रममा लुम्बिनी आइपुगेकी प्रधानमन्त्री सुशीला कार्कीले शनिबार गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको पनि दर्शन गरेकी छन्।

प्रधानमन्त्री कार्कीले लुम्बिनी पुगेर मुलुकमा शान्तिपूर्ण निर्वाचन सफलताको कामना गरेकी हुन्।

शनिबार बिहान बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरू तथा निर्वाचन सम्बद्ध अधिकारीसँग निर्वाचनको तयारीबारे जानकारी लिएर लुम्बिनी पुगेकी थिइन्।

प्रधानमन्त्री कार्कीले लुम्बिनी पुगेर गौतम बुद्धको जन्मस्थलको दर्शन गर्नुको साथै विभिन्न देशबाट आएका र स्वदेशी दर्शनार्थी तथा स्थानीयसँग अन्तर्क्रिया गरेकी थिइन्।

लुम्बिनी पुगेका स्वदेशी पर्यटकहरूले प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति स्थापना गरी निर्वाचनमार्फत निकास दिन सफलता मिलोस् भन्दै पुष्प गुच्छा दिएर शुभकामना दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend