logo
  • आइतबार, असोज १८ २०८३

फोहर व्यवस्थापन, सार्वजनिक यातायात र साइकल लेनमा उपत्यका मेयर्स फोरमको साझा निर्णय


  • पब्लिक सूचना
  • बिहिबार, फाल्गुन ७ २०८२

काठमाडौँ । उपत्यका मेयर्स फोरमको १३औँ बैठकले फोहरको वैज्ञानिक तथा दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।

ललितपुर महानगरपालिकाका प्रमुख तथा फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको बैठकले फोहर व्यवस्थापनको विधि र प्रविधि अध्ययन गरी स्थानीय तहबीच समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापन अघि बढाउने जनाएको छ।

बैठकले सार्वजनिक यातायात सञ्चालनलाई दिगो बनाउन यसअघि भएका अध्ययन प्रतिवेदनको पुनरावलोकन गरी उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपत्यकाको भूगोल, सांस्कृतिक विशेषता र बस्ती संरचनासुहाउँदो यातायात प्रणाली विकास गर्न आवश्यक रहेको बताइन्।

गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन सम्बन्धी कानुन निर्माण गरी गुरुयोजना तयार पार्ने र पूर्वाधार विकासमा संघ सरकारसँग सहकार्य गर्ने सहमति पनि भएको छ।

फोरमले फोहर व्यवस्थापन, सार्वजनिक यातायात, खानेपानी, नदी संरक्षण, खाद्य स्वच्छता, विपद् व्यवस्थापन र जलवायु परिवर्तनजस्ता सीमाविहीन समस्या समाधानमा समन्वयात्मक ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend