पब्लिक सूचना
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापाको गोलधापबाट चुनावी अभियान सुरू गरेको छ।
अभियानको उद्घाटन गर्दै सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अब देश बचाउन राप्रपालाई मत दिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल हेरेर मतदान गरे देश संकटमा पर्ने उनको धारणा थियो।
गोलधापमा आयोजित कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष र समानुपातिक दुवै भोट राप्रपालाई दिन आम मतदातालाई अपिल गरेका थिए।
आफूले आज सम्म एक पैसा हिनामिना नगरेको दाबी गर्दै भ्रष्ट्राचारको समुल अन्त्य गर्न राप्रपालाई भोट दिनु पर्ने उनले बताए।
आफूलाई कांग्रेस-एमाले सबैको भोट आशिर्वादको रूपमा चाहिएको बताए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend