पब्लिक सूचना
होटल फरेस्ट इनको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार बाँडफाँटमा ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
यसमा २६ लाख ६० हजार ४५२ आवेदकले २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २३ लाख ७१ हजार ३१५ आवेदक स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकले बताएको छ।
कम्पनीले माघ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ३३ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend