logo
  • शनिबार, असोज १७ २०८३

राइजिङ स्टार्स महिला एसिया कप: नेपाललाई युएईले १८ रनले हरायो, लगातार दोस्रो हार


  • पब्लिक सूचना
  • आइतबार, फाल्गुन ३ २०८२

थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार खेपेको छ ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा शनिबार भएको समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग १८ रनले पराजित भयो । नेपाल यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको थियो ।

जितका लागि एक सय ९० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७१ रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ८९ रन बनाएको थियो ।

राइजिङ स्टार्स एसियन कपको समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र भारतको ‘ए’ टिम तथा युएई रहेको छ । समूह ‘बी’ मा बङ्गलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र आयोजक थाइल्यान्ड रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend