logo
  • शनिबार, असोज १७ २०८३

डोल्पाको त्रिपुरासुन्दरीमा जिप दुर्घटना, थप विवरण आउन बाँकी


  • पब्लिक सूचना
  • बिहिबार, माघ २९ २०८२

२९ माघ, डोल्पा । डोल्पामा जिप दुर्घटना भएको छ । बिहीबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको जिप दुर्घटनामा परेको स्थानीयले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार जिपमा चार जना सवार थिए । उनीहरु गम्भीर घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । घटनास्थलमा जिप टुक्राटुक्रा परेको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले भने दुर्घटना परेको खबर साँचो भए पनि थप विवरण संकलनको काम भइरहेको जनाएको छ । घटनास्थलमा प्रहरी गएको र क्षति विवरण संकलनको काम भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend