logo
  • आइतबार, असोज १८ २०८३

भुजुङ हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा


  • पब्लिक सूचना
  • मंगलबार, माघ २७ २०८२

भुजुङ हाइड्रोपावर लिमिटेडको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।  कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८३ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन्। यसमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

सोमध्ये २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ भने ४० हजार २८ आवेदन रद्द भएको बिक्री प्रबन्धकले बताएको छ।

कम्पनीले माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ८ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend