पब्लिक सूचना
आइसिसी टि ट्वान्टी विश्वकपमा भारत र पाकिस्तानबीच आइतबार हुने खेल निर्धारित समयमै हुने पक्का भएको छ।
पाकिस्तान सरकारले खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएपछि बहुप्रतिक्षित खेल हुने पक्का भएको हो।
यसअघि पाकिस्तान सरकारले भारतविरुद्ध नखेल्ने निर्णय गरेको थियो, जसका कारण खेल अन्योलमा परेको थियो। त्यि निर्णय बंगलादेशलाई समर्थन गर्न लिइएको बताइएको थियो।
बंगलादेशले आफ्ना खेल भारतबाहिर सार्न माग गरेको थियो तर माग अस्वीकृत भएपछि उसले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।
एक हप्तासम्म चलेको छलफलपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र सम्बन्धित क्रिकेट बोर्डहरूको पहलमा पाकिस्तान सरकारले खेल खेल्ने निर्णय गरेको हो।
सरकारले क्रिकेटको भावना जोगाउन र विश्वकपलाई सफल बनाउन यो निर्णय लिएको जनाएको छ।
आइसिसीले बंगलादेशलाई बहिष्कारका कारण कुनै कारबाही नगरिने स्पष्ट गरेको छ।
साथै बंगलादेशले भविष्यमा एक आइसिसी प्रतियोगिता आयोजना गर्ने अवसर पाउने पनि बताइएको छ।
राजनीतिक तनावका कारण भारत र पाकिस्तानबीचको खेल तटस्थ मैदानमा हुने व्यवस्था अनुसार यो खेल श्रीलंकामा आयोजना हुनेछ।
विश्वकपमा दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। पाकिस्तानले मंगलबार अमेरिकासँग खेल्नेछ भने भारतले बिहीबार नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend