पब्लिक सूचना
म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लिभरपुलमाथि पुनरागमन जित निकालेको छ।
एनफिल्डमा एर्लिङ हालान्डले आफ्नो पहिलो गोल गरेपछि सिटीले लिभरपुलाई २-१ ले हराएको छ। यो जितसँगै सिटीको प्रिमियर लिग उपाधि आशा कायम राखेको छ।
आर्सनल (५६ अंक) ले शनिवार लिगको शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको थियो। तर आइतवारको जितपछि सिटीले त्यो दूरी घटाएर ६ अंकमा ल्याएको छ।
लिभरपुलका डोमिनिक सोबोस्लाइले ७४ औं मिनेटमा उत्कृष्ट घुमाउरो फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रतामा पुर्याएका थिए। गोलकिपर जियानलुइजी डोनारुम्मालाई छलाउँदै उनले शानदार गोल गरेका थिए। तर डोमिनिक खेलको अन्तिम क्षणमा उनले रातो कार्ड पनि खाए।
खेलको ८४औँ मिनेटमा बर्नार्डो सिल्भाले हालान्डको हेडरलाई भलीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याए । त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा हालान्डले पेनाल्टीबाट गोल गर्दै सिटीलाई जित दिलाए।
अन्तिम क्षणमा रायन चेर्कीको गोल अमान्य घोषित भए पनि सिटी विजयी भएको छ। यो जितपछि सिटी दोस्रो स्थान थप मजबुत बनाउने छ।
३९ अंकसहित लिभरपुल भने छैटौँ स्थानमै सीमित रहँदै चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा ५ अंकले पछि परेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend