पब्लिक सूचना
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंकामा आज सुरु भएको आइसिसी टि विश्वकपमा नेपालले आफ्नो यात्रा आइतवार सुरु गर्नेछ।
इङ्ल्यान्ड विरुद्ध खेल्दै नेपालले विश्वकपको यात्रा अघि बढाउनेछ । सोही खेल काठमाडौंमा लाइभ स्क्रिनमार्फत हेर्न सकिने भएको छ।
आयोजकका अनुसार आइतबार सिफल ग्राउन्ड, चाबहिलमा नेपाल–इङ्ल्यान्डको खेल ठूलो स्क्रिनमा प्रत्यक्ष प्रसारण गरिनेछ। खेल दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ।

दर्शकले लागि निःशुल्क प्रवेश गर्न सक्नेछन्। यसरी उपस्थित हुने सुरुका १ हजार दर्शकलाई एक्स्ट्रिम एनर्जी ड्रिंक निःशुल्क वितरण गरिने आयोजकले जनाएको छ।
‘नेपालको खेल, नेपालको जोश’ भन्ने नारासहित आयोजना हुने उक्त कार्यक्रमले स्टेडियमजस्तै माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ।
टि ट्वान्टी विश्वकपमा नेपाल र इङ्ल्यान्ड पहिलो पटक एकअर्का विरुद्ध खेल्न लागेका हुन्। समूह सीम यी दुई टोलीबाहेक वेस्ट इन्डिज, इटाली र स्कटल्याण्ड रहेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend