पब्लिक सूचना
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
म्याग्दी, माघ २३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ मतदान गर्नका लागि म्याग्दीमा अस्थायी मतदाताको नामावली सङ्कलन गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा एकहजार आठसय ३४ जना अस्थायी मतदाताको प्रारम्भिक नामावली सङ्कलन गरी प्रकाशन गरिएको हो ।
निर्वाचनमा परिचालन हुने कर्मचारी, सरक्षाकर्मी, निर्वाचन प्रहरी, ज्येष्ठ नागरिक आश्रममा बस्ने नागरिक, थुनुवा तथा कैदीबन्दी अस्थायी मतदाता नामावलीमा समावेश भएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रकाशित नामावलीमा कसैको विवरणमा त्रुटी भए सच्याउन तथा छुट भएको मए नाम समावेश गर्नका लागि यही माघ २४ गते सम्म जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न सकिने निर्वाचन अधिकारी गौतमले जानकारी दिनुभयो ।
अस्थायी मतदाताको प्रारम्भिक नामावली प्रकाशित गरिएको र आगामी फागुन ५ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका भएको निर्वाचन कार्यालयले जनाएको छ । अस्थायी मतदाता नामावली संख्याका आधारमा अस्थायी मतदान केन्द्र निर्धारण गरिने छ ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दी बेनी नगरपालिकामा २२,५७८, मंगलामा १३,४४६, मालिकामा १३,३५५, रघुगङ्गामा १४,१५८, अन्नपूर्णमा १२,०२९ र धवलागिरी गाउँपालिकामा १०,८३१ गरेर ८६ हजार तीनसय ९७ मतदाता कायम भएका छन् ।
ति मध्य ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् ।
जिल्लामा ८२ वटा मतदानस्थल र एक सय २० वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गिकरण गरेको छ । जिल्लामा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend