logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्री कार्कीसँगको भेटमा ओलीले उठाए निष्पक्ष निर्वाचन हुनेमा प्रश्न


  • पब्लिक सूचना
  • बिहिबार, माघ २२ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाएका छन् ।

बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्रीको सुशीला कार्कीसँगको भेटमा ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत् रहेको बताएका हुन् ।

भेटमा प्रधानमन्त्री कार्कीले भने निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको बताउँदै अब सुरक्षामा कुनै कमीकमजोरी नहुने बताइन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रधानमन्त्री कार्की र ओलीबिच भेट भएको बताए । कुराकानीको विस्तृत विवरण भने आफूलाई जानकारी नरहेको रावलले बताए ।

प्रधानमन्त्रीलाई भेट्न ओलीसँग एमाले नेता विष्णु रिमाल पनि बालुवाटार पुगेका थिए ।

निकट स्रोतका अनुसार वर्तमान सरकारले गर्ने निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाएका ओलीले निर्वाचन सार्ने विषयमा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिबारे पनि चासो राखेका थिए ।

जवाफमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिमपात भएमा सर्न सक्ने बताएको र सर्छ नै नभनेको बताएकी थिइन् ।

कार्कीले मतदाता, उम्मेदवार र कर्मचारीको सुरक्षामा कुनै कसर नराखिने बताएकी थिइन् ।  बिहान साढे १० बजेदेखि करिब दुई घण्टा छलफल चलेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend