logo
  • शनिबार, असोज १७ २०८३

साफ यू-१९ च्याम्पियनसिपमा नेपालको पहिलो जित


  • पब्लिक सूचना
  • मंगलबार, माघ २० २०८२

पोखरामा सञ्चालन भइरहेको साफ महिला यू-१९ महिला च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।

सोमबार पोखरा रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि २-१ गोलको जित निकाल्यो।नेपालको जितमा संगिता बढुवालले खेलको ३६ मिनेटमा पहिलो गोल गरिन्।  यस्तै प्रतिजा राईले ७० मिनेटमा टोलीको अग्रता दोब्बर पारेकी थिइन्।  भुटानका लागि ८७ मिनेटमा एक गोल गरेको थियो।

यसअघि नेपालले पहिलो खेलमा भारतसँग १-० गोलको पराजय भोगेको थियो। आजै भएको खेलमा भारतमाथि बंगलादेशले २-० गोलको जित निकालेको छ।

अब नेपालले अन्तिम लिग खेल बंगलादेशसँग बुधबार खेल्नेछ। सो खेलमा जित हात पारे मात्र नेपालको फाइनल सम्भावना हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend