logo
  • शनिबार, असोज १७ २०८३

महिला विश्वकप फुटबल : न्युजिल्यान्डको विजयी सुरुवात


  • पब्लिक सूचना
  • शुक्रबार, साउन ५ २०८०

Norway's Ada Hegerberg kicks the ball during the Women's World Cup soccer match between New Zealand and Norway in Auckland, New Zealand, Thursday, July 20, 2023. (AP Photo/Andrew Cornaga)

आयोजक न्युजिल्यान्डले फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत न्युजिल्यान्डको इडेन पार्क स्टेडियममा बिहीबार दिउँसो भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गोलले हरायो ।

न्युजिल्यान्डको जितमा हन्नाह विल्किन्सनले निर्णायक गोल गर्नुभयो । उहाँले ४८औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । ९०औँ मिनेटमा रिया पर्सिभल पेनाल्टीमा चुकेपछि न्युजिल्यान्डले अग्रता दोब्बर बनाउने मौका गुमायो ।

जितसँगै न्युजिल्यान्डले समूहमा तीन अङ्क बनाएको छ । नर्वेले हारबाट विश्वकपको सुरुवात गरेको छ । आजै समूह ‘बी’ को अर्को खेलमा आयोजक अष्ट्रेलिया र रिपब्लिक आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

न्युजिल्यान्ड र अष्ट्रेलियाले संयुक्त रूपमा आयोजना गरेको नवौँ संस्करणको यस विश्वकपमा पहिलो पटक सर्वाधिक ३२ टोलीको सहभागिता छ । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । फाइनल खेल अगस्ट २० तारिखमा अष्ट्रेलियाको सिड्नीमा हुनेछ । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend