पब्लिक सूचना
एजेन्सी – रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा सिधै पुग्न सकेन। बेन्फिकाले अन्तिम समयमा नाटकीय गोल गर्दै ४-२ को जित निकालेपछि रियललाई प्ले–अफ खेल्नुपर्ने भएको हो।
खेलको इन्जुरी समयको आठौं मिनेटमा बेन्फिकाका गोलकिपर अनातोली ट्रुबिनले फ्रिकिकमा हेड गर्दै गोल गरेपछि रंगशाला उत्साहले भरियो। यही गोलले बेन्फिकालाई नकआउट चरणको प्ले–अफमा पुर्यायो।
रियलले खेलको सुरुआत राम्रो गरे पनि पछि दबाबमा पर्यो। ३०औँ मिनेटमा किलियन एमबाप्पेले हेडमार्फत गोल गर्दै रियललाई अघि बढाए।
तर बेन्फिकाका लागि ३६ औं मिनेटमा एन्ड्रियास शेल्डेरुप बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर भान्गेलिस पाभ्लिडिसको पेनाल्टी गोलमा बेन्फिलाले अग्रता बनायो।
५४ औं मिनेटमा शेल्डेरुप बेन्फिकाका लागि अर्को गोल गरे । एमबाप्पेले ५८ औँ मिनेटमा फेरि गोल फर्काए पनि रियलले खेल नियन्त्रणमा लिन सकेन।
अन्तिम समयमा रियलका दुई खेलाडी रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा सीमित भयो। दोहोरो पहेँलो कार्ड पाउँदै राउल असेन्सियोले इन्जुरी समयको दोस्रो र रोड्रिगोले सातौं स्थान मिनेटमा मैदान छाडेका थिए। त्ययसको फाइदा उठाउँदै ट्रुबिनले निर्णायक गोल गरे र बेन्फिकालाई जित दिलाए।


© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend