पब्लिक सूचना
Australia's Kyra Cooney-Cross blocks a shot from Ireland's Heather Payne, left, during the Women's World Cup soccer match between Australia and Ireland at Stadium Australia in Sydney, Australia, Thursday, July 20, 2023. (AP Photo/Mark Baker)
आयोजक अष्ट्रेलियाले फिफा महिला विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत घरेलु मैदानमा बिहीबार साँझ भएको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई १–० गोलले हरायो ।
अष्ट्रेलियाको जितमा स्टेफ क्याट्लेले ५२औँ मिनेटमा गोल गर्नुभयो । उहाँले पेनाल्टीमा गरेको गोल घरेलु टोलीको जितमा पर्याप्त बन्यो । डिबक्स भित्र आयरल्यान्डकी मारिसा सेभाले हेली रासोलाई फल हानेपछि अष्ट्रे्लियाले पेनाल्टीको अवसर पाएको थियो ।
जितसँगै अष्ट्रेलियाले समूहमा तीन अङ्क बनाएको छ । आयरल्यान्डले हारबाट विश्वकप सुरुवात गरेको छ । एजेन्सी
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend