logo
  • आइतबार, असोज १८ २०८३

लगातार च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले डब्लुपिएलमा लगातार पाँचौँ जित निकाल्दै प्लेअफमा स्थान


  • पब्लिक सूचना
  • मंगलबार, माघ ६ २०८२

लगातार च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले डब्लुपिएलमा लगातार पाँचौँ जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।

गुजरात जायन्ट्सलाई आज ६१ रनले पराजित गर्दै आरसिबी प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो।

गुजरातविरुद्धको खेलमा पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा १ सय ७८ रन बनायो। सुरुआतमा २ विकेट चाँडै गुमाए पनि गौतमी नाइक ले संयमित ब्याटिङ गर्दै ५५ बलमा ७ चौका र १ छक्कासहित ७३ रन जोडिन्।

उनले ऋचा घोषसँग मिलेर टोलीको इनिङ्स सम्हालिन्। ऋचाले २० बलमा ३ छक्कासहित २७ रन बनाइन् । अन्तिम ओभरहरूमा राधा यादव १७ र श्रेयंका पाटिलले‌ ८ रन जोडिन् । कप्तान स्मृति मन्धानाले २६ रन बनाइन् । गुजरातकी केशवी गौतम र एश्ली गार्डनरले समान २ विकेट लिइन् ।

१ सय ७८ रनको लक्ष्य पछ्याएको गुजरात जायन्ट्सको सुरुआत कमजोर रह्यो। पावरप्लेमा नै महत्वपूर्ण विकेट गुमाएपछि टोली दबाबमा पर्‍यो। एश गार्डनर ले ५४ रन बनाउँदै संघर्ष गरिन् ।

अनुष्का शर्माले १८, भारती फूलमालीले १४ र तनुजा कानवरले नटआउट ११ रन जोडिन् ।‌ अन्य ब्याटरले साथ दिन सकेनन्।

आरसिबीका बलरले अनुशासित प्रदर्शन गर्दै गुजरातलाई २० ओभरमा १ सय १७ रनमै सीमित गरे। बलिङतर्फ सायली सट्घारे ले ३, नादिन डे क्लार्कले २ विकेट लिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend