logo
  • आइतबार, असोज १८ २०८३

हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न


  • पब्लिक सूचना
  • सोमबार, माघ ५ २०८२

काठमाडौँ, माघ ५ गते ।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाई भइसकेको छ ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाई गरिरहेको छ।पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाई भएको थियो ।

आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ। कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाई गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छपाई हुन बाँकी  छ । यस्तै, हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ ।

केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend