logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्री कार्यालय अगाडि धर्नामा बसे जेनजी सहिद परिवार


  • पब्लिक सूचना
  • शुक्रबार, माघ २ २०८२

जेनजी सहिद परिवारहरू सिंहदरबार भित्र धर्नामा बसेका छन्।

शुक्रबार मध्याह्न जेनजी सहिदका परिवार‍हरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि धर्नामा बसेका हुन्।

सरकारले आफ्नो मागहरू पूरा नगरेको भन्दै जेनजी सहिद परिवार टाउकोमा कालो पट्टि बाँधेर धर्नामा बसेका छन्।

सरकारले निर्णय गरेको तर कार्यान्वयन नगरेपछि बाध्य भएर धर्ना बसेको जेन-जी सहिद परिवार संघर्ष समितका अध्यक्ष नारायण श्रेष्ठले बताए।

उनका अनुसार सहिद परिवारलाई मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्‌को निर्णय गरेको थियो। तर कार्यान्वयन भएको छैन।

‘यी मात्र होइन अन्य नि:शुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको बारेमा पनि हाम्रा माग छन्,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend