logo
  • शनिबार, असोज १७ २०८३

लिटल च्याम्पियन्स नेपाल–सिजन २’ को भव्य समापन: श्रेया, रोमन र सप्रान्त बने विजेता


  • पब्लिक सूचना
  • बिहिबार, माघ १ २०८२

नेपालकै एकमात्र चर्चित गायन तथा नृत्य प्रतियोगिता लिटल च्याम्पियन्स नेपाल–सिजन २ को भव्य ग्रान्ड फिनाले हिजो पौष २९ गते काठमाडौंस्थित नेपाल पुलिस क्लबको सभाहलमा अत्यन्तै भव्य र सफल रूपमा सम्पन्न भएको छ। बालबालिकाको लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम दर्शक, अभिभावक तथा अतिथिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो।ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रा.लि. को आयोजनामा सम्पन्न यस प्रतियोगिताको समग्र नेतृत्व तथा कार्यक्रम निर्देशन सबिना श्रेष्ठ ले गर्नु भएको थियो। उहाँ ब्ल्याक बर्ड इन्टरटेनमेन्टकी म्यानेजिङ डाइरेक्टर तथा इभेन्ट डाइरेक्टर समेत हुनुहुन्छ। उत्कृष्ट व्यवस्थापन, अनुशासित कार्यक्रम सञ्चालन र गुणस्तरीय प्रस्तुतीका कारण यस सिजनको ग्रान्ड फिनाले अत्यन्तै प्रभावशाली बनेको उपस्थित सबैले बताएका छन्।

कार्यक्रमको होस्टिङ लोकप्रिय तथा ऊर्जावान प्रस्तोता सोनित राज ढुंगेल ले गर्नु भएको थियो। उहाँको आकर्षक प्रस्तुती, सहज सञ्चालन र दर्शकसँगको उत्कृष्ट समन्वयले कार्यक्रमलाई अझ जीवन्त र स्मरणीय बनाएको थियो। करिब दुई महिनासम्मको निरन्तर प्रशिक्षणपछि आयोजना गरिएको ग्रान्ड फिनालेमा काठमाडौंका ४० भन्दा बढी विद्यालयबाट छनोट भएका ८० जना प्रतिभाशाली विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले बालबालिकाको कला, आत्मविश्वास र मञ्चीय प्रस्तुतिलाई राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरेको छ।

ग्रान्ड फिनालेमा नेपालकै प्रख्यात नृत्य कोरियोग्राफर सन्दीप भुजेल आधिकारिक डान्स कोरियोग्राफरको रूपमा रहनु भएको थियो। उहाँकै मार्गदर्शनमा शान्ति तामाङ, अश्बिन गुरुङ र युनिका खतिवडा ले प्रतियोगीहरूलाई नृत्य प्रशिक्षण तथा कोरियोग्राफी गराउनु भएको थियो। गायन विधातर्फ चर्चित संगीत संयोजक बिभुशन राई ले प्रतियोगीहरूलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो।

निर्णायक मण्डल पनि अनुभवी र प्रतिष्ठित व्यक्तित्वहरूबाट गठन गरिएको थियो। नृत्य विधातर्फ वरिष्ठ नृत्य कोरियोग्राफर प्रेमलाल श्रेष्ठ, चर्चित नृत्य कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशक प्रबिन थापा र प्रसिद्ध मोडल तथा डान्सर कविता न्यौपाने निर्णायक रहनु भएको थियो। गायन विधातर्फ नेपाली चलचित्र उद्योगका प्रतिष्ठित संगीत निर्देशक तथा गीतकार राजेन्द्र कुमार श्रेष्ठ, चर्चित संगीत निर्देशक अलिश कार्की र लोकप्रिय गायिका जानुका तामाङ निर्णायकको रूपमा रहनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्ड नेपालका कार्यकारी अध्यक्ष, ख्यातिप्राप्त कलाकार, निर्देशक तथा निर्माता दिनेश डीसी रहनु भएको थियो। उहाँले बाल प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने यस्ता कार्यक्रमहरूको निरन्तरताको आवश्यकता औंल्याउँदै आयोजक टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। ग्रान्ड फिनालेमा विभिन्न विधातर्फ विजेता तथा उपविजेताहरू घोषणा गरिएको थियो।

जुनियर डान्स विधातर्फ
टाइटल विजेता: प्रतियोगी नं ८ श्रेया राई
मोस्ट पपुलर विजेता तथा प्रथम उपविजेता: प्रतियोगी नं १३ खुसी राई
पब्लिक च्वाइस विजेता: प्रतियोगी नं १० साल्सा केसी
दोस्रो उपविजेता: प्रतियोगी नं २८ पुण्यशिला भुजेल
तेस्रो उपविजेता: प्रतियोगी नं ५ माइरा राना मगर
चौथो उपविजेता: प्रतियोगी नं ३३ सिमा श्रेष्ठ
पाँचौँ उपविजेता: प्रतियोगी नं २६ आहिल रेहान
छैटौँ उपविजेता: प्रतियोगी नं ३ सारम्श ढुंगेल
सिनियर डान्स विधातर्फ
टाइटल विजेता: प्रतियोगी नं २ रोमन घतानी
मोस्ट पपुलर विजेता: प्रतियोगी नं १ क्रिस्टिना खड्का
पब्लिक च्वाइस विजेता: प्रतियोगी नं १९ प्रनिता तामाङ
प्रथम उपविजेता: प्रतियोगी नं ११ शिवानी खड्का
दोस्रो उपविजेता: प्रतियोगी नं २३ आन्याश्री खत्री
तेस्रो उपविजेता: प्रतियोगी नं २१ अन्वी बनिया
चौथो उपविजेता: प्रतियोगी नं २० स्नेहा ढकाल
गायन विधातर्फ
टाइटल विजेता: प्रतियोगी नं १८ सप्रान्त तामाङ
मोस्ट पपुलर विजेता: प्रतियोगी नं ५ स्वस्तिका तामाङ
पब्लिक च्वाइस विजेता: प्रतियोगी नं १२ स्मारिका पाण्डे
प्रथम उपविजेता: प्रतियोगी नं २० एन्जल कार्की
दोस्रो उपविजेता: प्रतियोगी नं १० समृद्धि अधिकारी
तेस्रो उपविजेता: प्रतियोगी नं ११ नयल बराइली
चौथो उपविजेता: प्रतियोगी नं १५ आयुष्मा गुरुङ

कार्यक्रमको समापनसँगै उपस्थित दर्शक, अभिभावक तथा अतिथिहरूले प्रतियोगीहरूको स्तर, प्रस्तुती र सम्पूर्ण व्यवस्थापनको खुलेर प्रशंसा गरेका थिए। ब्ल्याक बर्ड इन्टरटेनमेन्ट प्रा.लि. ले भविष्यमा पनि यस्ता गुणस्तरीय राष्ट्रियस्तरका कार्यक्रममार्फत नेपाली बाल प्रतिभालाई अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend