logo
  • शनिबार, असोज १७ २०८३

त्रिभुवन विमानस्थलमा अझै सुन रहेको आशङ्का


  • पब्लिक सूचना
  • बिहिबार, साउन ४ २०८०

काठमाडौं, साउन ४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल पसिरमा अझै सुन रहेको आशङ्का गरिएको छ । परिसरमा अझै सुन रहेको आशङ्का रहेकाले राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन गरेको जनाएको छ ।

विभागका महानिर्देशक नवरान ढुङ्गानाका अनुसार अझै सुन बाँकी रहेको आशङ्कामा अहिले विमानस्थलमा विशेष अप्रेसन जारी छ ।

महानिर्देशक ढुङ्गानाले भन्नुभयो, “उही प्रकृतिको सुन अझै विमानस्थल परिसरमा रहेको आशङ्कासहित विशेष अप्रेशन जारी छ । सुन छ भन्ने आशङ्का छ तर पहिलेको जति वा कम हो भन्ने थाहा छैन ।”

अहिले विशेष अनुसन्धानका लागि विभागका महानिर्देशक ढुङ्गाना विमानस्थलमै पुग्नुभएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend