logo
  • शनिबार, असोज १७ २०८३

रियल मड्रिडको कोपा डेल रेमा हार : दोस्रो डिभिजनको अल्बासेटेले बुधवार रियललाई ३-२ ले हरायो


  • पब्लिक सूचना
  • बिहिबार, माघ १ २०८२

रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मै बाहिरिएको छ। इन्जुरी समयमा जेफ्टे बेटान्कोरले निर्णायक गोल गरेपछि दोस्रो डिभिजनको अल्बासेटेले बुधवार रियललाई ३-२ ले हराउँदै सनसनीपूर्ण जित निकालेको हो।

एस्टाडियो कार्लोस बेल्मोन्टेमा भएको खेलमा रियलले दुई पटक बराबरी गरे पनि अन्ततः हार टार्न सकेन। यो खेल रियलका लागि नयाँ प्रशिक्षक आल्भारो आर्बेलोआको पहिलो खेल थियो। उनले यसै साता जाबी अलोन्सोको ठाउँ लिएका हुन्।

खेलको ४२औँ मिनेटमा जोसे कार्लोस लाजोको कर्नरमा जाभी भिल्लारले हेडर गर्दै अल्बासेटेलाई अग्रता दिलाए। तर पहिलो हाफको इन्जुरी समयमा फ्रान्को मास्टान्टुओनोले नजिकबाट गोल गर्दै रियललाई खेलमा फर्काए।

८२औँ मिनेटमा अर्को कर्नरमा रियलको कमजोरीको फाइदा उठाउँदै बेटान्कोरले भलिबाट गोल गरे र अल्बासेटे फेरि अघि बढ्यो। तर इन्जुरी समयको पहिलो मिनेटमै गोन्जालो गार्सियाले हेडर गर्दै खेल २-२ को बराबरीमा ल्याए।

तर खेल त्यहीँ सकिएन। त्यसको तीन मिनेटपछि बेटान्कोरको पहिलो प्रहार डानी कार्भाहालले रोके पनि रिबाउन्डमा उनले गोल गर्दै अल्बासेटेलाई ऐतिहासिक जित दिलाए।

ला लिगा २ को १७औँ स्थानमा रहेको अल्बासेटेले आफूभन्दा धेरै माथिल्लो स्तरको रियललाई हराउँदै कोपा डेल रेमा ठूलो सफलता प्राप्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend