logo
  • आइतबार, असोज १८ २०८३

ग्रेेस ह्यारिसको विस्फोटक ८५ रनमा आरसिबीको लगातार दोस्रो जित


  • पब्लिक सूचना
  • मंगलबार, पुष २९ २०८२

 ग्रेेस ह्यारिसको विस्फोटक ८५ रनको मद्दतमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले (आरसिबी) युपी वारियर्जलाई ९ विकेटले हराउँदै विमेन्स प्रिमियर लिग (डब्ल्युपिएल) मा लगातार दोस्रो जित निकालेको छ।

यो जितसँगै आरसिबी अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। पहिले ब्याटिङ गरेको युपीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो।

सुरुवातमै शीर्ष क्रम धराशायी भएपछि टोली दबाबमा परेको थियो। नादिन डे क्लार्क र श्रेयंका पाटिलको प्रभावकारी बलिङले युपी ५६ रन जोड्दा ५ विकेट गुमाएको थियो। डे क्लार्क र पाटिल समान २ विकेट लिएका थिए।

त्यसपछि डिएन्ड्रा डटिन र कप्तान दीप्ति शर्माले नटआउट साझेदारी गर्दै अन्तिम ओभरहरूमा रन जोडेर युपीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। दीप्तिले ४५ रन नटआउट बनाइन् । डटिनले ४० रन जोडिन्।

१ सय ४४ रनको लक्ष्य पछ्याउन उतरेको आरसिबीका लागि ह्यारिस र स्मृति मन्धानाले आक्रामक सुरुवात गरे। दुवैले पावरप्लेमा नै रन वर्षा गर्दै खेललाई एकतर्फी बनाए।

ह्यारिसले ४० बलमा ५ छक्का र १० चौकाको वर्षा गर्दै ८५ रन बनाइन् । मन्धाना ३२ बलमा ९ चौकासहित ४७ रनमा अविजित रहिन्। आरसिबीले मात्र १२.१ ओभरमै लक्ष्य पूरा गर्दै ९ विकेटको सहज जित दर्ता गर्‍यो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend