पब्लिक सूचना
काठमाडौं,
देश र जनताका जायज माग पूरा गर्न विभिन्न क्रान्तिकारी र समाजवादी दलहरूको संयुक्त मोर्चाले पुस २९ गते काठमाडौँ उपत्यकाव्यापी शान्तिपूर्ण बन्द आह्वान गरेको छ।
केन्द्रीय संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेलले वर्तमान सरकारलाई जनविरोधी, अलोकतान्त्रिक र कठपुतलीको संज्ञा दिँदै चेतावनी दिएका छन्। उनीहरूले भनेका छन्
-जनपक्षीय व्यवस्था निर्माण नगरी जनता र राष्ट्रको आवाज सुनुवाइ हुन सक्दैन। आजको परिस्थितिमा जनपक्षीय व्यवस्था स्थापना अपरिहार्य छ।
जनताको प्रमुख मागहरू
पुस २९ को बन्दले उपत्यकामा जनपक्षीय आन्दोलनको माहोल निर्माण गरेको छ। आयोजकहरूले शान्तिपूर्ण कार्यक्रम हुने दाबी गरेका छन्। अब प्रश्न उठेको छ-
जनताको माग सुनिन्छ कि सडकले फेरि अर्को जनविद्रोह सृष्टि गर्छ?

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend