पब्लिक सूचना
श्रीलंकाले पाकिस्तानविरुद्धको तेस्रो टि ट्वान्टी आईमा १४ रनको जित निकाल्दै सिरिजमा बराबरी गरेको छ।
आइतवार वर्षाका कारण डम्बुल्लामा भएको खेल १२ ओभरमा ओभरमा सीमित गरिएको थियो।
पहिले ब्याटिङ गरेको श्रीलंकाले १२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनायो। कप्तान दासुन शनाकाले ३४ रन बनाए ।
अन्तिम ओभरमा शनाका र जनिथ लियानागेले आक्रामक ब्याटिङ गर्दै टोलीलाई बलियो स्कोरमा पुर्याए। दुवैले मिलेर १५ बलमा ५२ रन जोडे।
पाकिस्तानका लागि मोहम्मद वसिम जुनियरले ३ विकेट लिए।
१ सय ६१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पनि राम्रो सुरुआत गर्यो। कप्तान सलमान आघाले ४५ रनको आक्रामक पारी खेले। तर त्यसपछि वानिन्दु हसरंगाले खेल घरेलु टोलीको पक्षमा पारे।
हसरंगाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए। उनले साइम अयुब, उस्मान खान, ख्वाजा नफाय र शादाब खानलाई आउट गरेपछि पाकिस्तान दबाबमा पर्यो।
अन्तिम ओभरमा पाकिस्तानलाई जितका लागि २० रन आवश्यक थियो। फहिम अशरफ रनआउट भएपछि पाकिस्तान लक्ष्य नजिक पुग्न सकेन र १४ रनले हार बेहोर्यो। यो जितसँगै श्रीलंकाले ३ खेलको टि ट्वान्टी सिरिजमा बराबरी गरेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend