पब्लिक सूचना
काठमाडौं, साउन ४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ ।
विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार प्रारम्भिक चरणमा उक्त सुन जाँचपासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको छ । निलम्बनबारे निर्णय लिन अहिले बैठक जारी छ ।
उहाँले भन्नुभयो, ‘‘केहीबेरमा यसको निर्णय हुन्छ । अहिले हामी आन्तरिक बैठकमा छौँ । प्रक्रिया अघि बढिसकेको छ । जाँचपासमा संलग्न सबै निलम्बन हुन्छन् ।’’
विभागका सूचना अधिकारी खड्काले भन्सारबाट सुन पास भएको विषय सङ्गठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा लिन खोजेको हो भन्ने बारे विभागले अनुसन्धान अघि बढाएको जानकारी दिनुभयो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend