पब्लिक सूचना
गोनजालो गार्सियाले ला लिगा करियरकै पहिलो गोलहरू गर्दै ह्याट्रिक पूरा गरेपछि रियल म्याड्रिडले आइतवार रियल बेटिसलाई ५–१ गोल अन्तरले पराजित गरेको छ।
यो जितसँगै रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनामाथि दबाब कायम राखेको छ। घाइते किलियन एम्बाप्पेको स्थानमा मैदान उत्रिएका गार्सियाले सान्तियागो बर्नाबेउमा उत्कृष्ट प्रदर्शन गरे। उनको ह्याट्रिकसँगै राउल असेंसियो र विकल्प खेलाडी फ्रान गार्सियाले पनि गोल गरे।
खेलको २०औँ मिनेटमा रोड्रिगोको फ्रिकिकमा हेडरमार्फत गार्सियाले गोल गर्दै रियललाई अग्रता दिलाए। दोस्रो हाफ सुरु भएको ५ मिनेटमै गार्सिय फेडेरिको भाल्भेर्देको पासमा सुन्दर भली प्रहार गर्दै दोस्रो गोल गरे।
त्यसपछि ५६ औं मिनेटपछि रोड्रिगोको कर्नरमा राउल असेंसियोले गोल गर्दै रियलको अग्रता फराकिलो बनाए। बेटिसका लागि ६६ औं मिनेटमा कुचो हेर्नान्डेजले एक गोल फर्काए पनि खेलको ८२औँ मिनेटमा गार्सियाले आर्दा गुलरको क्रसमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
इन्जुरी समयको तेस्रो मिनेटमा फ्रान गार्सियाले अर्को गोल थप्दै रियलको जितअन्तरलाई बढाए । यो जितसँगै रियल लिग लिडर बार्सिलोनाभन्दा ४ अंक मात्रै पछाडि छ।
ला लिगामा आइतवारको नतिजा र अंक तालिका



© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend