पब्लिक सूचना
इत्तिहादले जोर्डन प्रोफेसनल लिगमा शनिवार सानदार जित निकालेको छ।
इत्तिहादले निशामा फ्युचरलाई ७-१ ले हराउँदा नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर प्रीति राई ले पनि १ गोल गरिन् । इत्तिहाद स्टेडियममा भएको खेलमा इत्तिहादको लागि मेइ स्वेल्मले ४ गोल गरिन् ।
२४औँ मिनेटमा पहिलो गोल गरेकी स्वेल्मले ४२औँ मिनेटमा अर्को गोल थपिन् । दोस्रो हाफमा पनि इत्तिहादले लगातार आक्रमण जारी राख्यो।

५७ औँ मिनेटमा रोसबाह्न फ्रेइगको पासमा प्रीति गोल गर्दै अग्रता ३-० बनाइन्। ६६औँ मिनेटमा गोल थप्दै स्वेल्मले ह्याट्रिक पूरा गरिन्। त्यसको एक मिनेटपछि युजेनिया टिटीले टोलीका लागि पाँचौं गोल गरिन् ।
७८औँ मिनेटमा स्वल्मले व्यक्तिगत चौथो गोल गर्दै टोलीको अग्रता फराकिलो बनाइन्। ८४ औं मिनेटमा लेन एल बाटौशले टोलीको लागि सातौं गोल गरिन् ।
प्लेयर अफ दि म्याच घोषित स्वेल्मले ११ गोलसहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन् । यो जितसँगै इत्तिहादले ११ खेलमा २३ अंक बनाउँदै शीर्ष स्थानमा छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend