logo
  • आइतबार, असोज १८ २०८३

सुनको मूल्य हालसम्मकै उच्च


  • पब्लिक सूचना
  • बिहिबार, साउन ४ २०८०

काठमाडौं, साउन ४ गते । बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख १३ हजार छ सय रुपियाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारको लुतनामा बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपियाँले बढेको जनाएको छ ।

योसँगै बिहीबार सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ । यसअघि गत जेठ १८ गते प्रतितोला एक लाख १३ हजार तीन सय रुपियाँको उच्च मूल्य रेकर्ड भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको जनाएको छ ।

यसैगरी, नेपाली बजार तीन दिनदेखि निरन्तर चाँदीको मूल्य वृद्धि भइरहेको छ । मङ्गलबार प्रतितोल १४८० रुपियाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपियाँ पुगेको थियो । त्यस्तै, आज चाँदी प्रतितोलामा पाँच रुपियाँले बढेर १४९५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend