पब्लिक सूचना
नवौं एनभिए भलिबल च्याम्पियनसिपमा आज महिला र पुरुष दुबतर्फ सेमिफाइनल खेल हुँदैछन् ।
महिला र पुरुष दुबैतर्फ अपेक्षित टोलीले नै अन्तिम चारको यात्रा तय गरेका छन्। महिलातर्फ घरेलु भलिबलका स्थापित बलिया टोलीले सेमिफाइनल खेल्दैछन् ।
महिला भलिबलमा ३ विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसँगै टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब सदाबहार सेमिफाइनल पुग्ने टोली हुन् । यसपटक पनि त्यहि भएको छ।
समूह चरणमा अपराजित रहेको न्यु डायमण्ड र एपिएफबीच पहिलो सेमिफाइनल हुनेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बिहान ९ बजे खेल सुरु हुनेछ।

समूह चरणमा एपिएफ अर्को विभागीय टोली पुलिससँग ३-२ सेटमा पराजित भएको थियो। महिलातर्फ त्यो बाहेक सबै खेल एकतर्फी भएको थियो।
अर्को अपराजित टोली पुलिसले आर्मीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। त्यो खेल दिउँसो १२ बजे सुरु हुनेछ। आर्मी समूह चरणमा न्यु डायमण्डसँग हारेको थियो।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend