logo
  • शनिबार, असोज १७ २०८३

धारिलो हतियार प्रहार गर्ने दुई जनाविरुद्ध मुद्दा दर्ता, थप अनुसन्धान जारी


  • पब्लिक सूचना
  • शुक्रबार, पुष १८ २०८२

। तनहुँको व्यास नगरपालिका–१२ मा एक युवकलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

व्यास नगरपालिका–१२, भड्खला निवासी ४३ वर्षीय दीपक भन्ने देवबहादुर पाण्डे र सोही स्थानका ३० वर्षीय रन्जन पाण्डेलाई पक्राउ गरिएको प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनु भयो ।

बुधबार राति करिब १२ः४५ बजेको समयमा उनीहरूले व्यास नगरपालिका–१२ लामिडाँडा निवासी २३ वर्षीय सुमन भुजेललाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट भुजेल गम्भीर घाइते भएका छन् । घाइतेको हाल बी एन्ड बी अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

दुई दाजुभाइलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी विकले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, “पक्राउ परेका दुबै जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाइएको छ, घटनाको गम्भीरतालाई हेर्दै थप प्रमाणहरू सङ्कलन भइरहेका छन् ।’’

पक्राउ परेका पाण्डेद्वयलाई शुक्रबार तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतबाट पुस १६ गतेदेखि नै लागु हुने गरी म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसइबी वा अन्य के कारणले हतियार प्रहार भएको हो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend