logo
  • आइतबार, असोज १८ २०८३

मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैतमा प्रदर्शनमा


  • पब्लिक सूचना
  • बिहिबार, पुष १७ २०८२

मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैतमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको पोस्टर रिलिज गर्दै १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा तीनजना कलाकारहरू विनोद न्यौपाने, फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। उनीहरू एकअर्काबीच आकाशतर्फ हेरेर खुशी मुडमा देखिन्छन्। साथै छेवैमा एउटा भाले उडिरहेको देखिन्छ।

यो फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईँ सुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ।

प्रसिद्धि सिने आर्टस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक मधुसुदन भट्टराईकै कथा छ भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।

फिल्मको प्रस्तुतकर्ता साजित महत हुन् भने निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विक्रम तामाङ, सह-निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे छन्।

शिव ढकालको छायांकन रहेको फिल्मलाई बनिश शाहले सम्पादन गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend