पब्लिक सूचना
कार्यकाल सकिनु ४ महिना भन्दा केहि अघि नै निर्वाचन गर्ने गरि अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज विक्रम नेम्वाङले जारी कार्यसमितिको बैठकमा प्रस्ताव राखेका छन्।
उनले माघ २८ गते केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रस्ताव गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।
वर्तमान कार्यसमितिको ४ वर्षे कार्यकाल पूरा नहुँदै अगाडि नै निर्वाचन मिति प्रस्ताव गर्नुलाई शंकास्पद देखिएको छ।
जिल्ला, प्रदेशको निर्वाचन नगरि अहिलेकै अवस्थामा निर्वाचनको मिति प्रस्ताव गर्नुको आधार प्रस्ट पारिएको छैन ।
एन्फाको केन्द्रीय निर्वाचनअघि नै जिल्ला, प्रदेश तथा ४ संघ (महिला, रेफ्री, प्रशिक्षक र खेलाडी) को निर्वाचन हुँदै आएको थियो।
पछिल्लो पटक एन्फा कार्यसमितिको निर्वाचन २०७९ असार ६ गते भएको थियो। यो कार्यसमितिको कार्यकाल अझै ७ महिना बाँकी छ। विविधसहित ३ वटा एजेण्डा छलफल गर्नका आजको बैठकमा बोलाइएको थियो।
कार्यसमितिबाहेक ७ प्रदेशका अध्यक्ष, महिला , रेफ्री,प्रशिक्षक र खेलाडी संघलाई पनि बैठकमा बोलाइएको छ।
साधारण सभा, आर्थिक वर्ष २०८२/८३ को लेखा परिक्षकको नियुक्ती सम्बन्ध तथा विविध विषयमा छलफल हुने पत्रमा उल्लेख गरिएको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend