logo
  • शनिबार, असोज १७ २०८३

‘आदिपुरुष’बाट हटाइयो ‘सीता भारतकी हुन्’ संवाद

आदिपुरुष’बाट हटाइयो ‘सीता भारतकी हुन्’


  • दिपेश घिमिरे
  • शुक्रबार, असार १ २०८०

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’बाट ‘सीता भारतमा जन्मिएकी हुन्’ भन्ने गलत संवाद हटाइएको छ।

बिहीबार मात्र काठमाडाैँका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त स‌ंवाद् नहटाए महानगरमा उक्त फिल्मसहित कुनै पनि हिन्दी फिल्म चलाउन नदिने चेतावनी दिएका थिए। उनको चेतावनीपछि ‘आदिपुरुष’ फिल्मबाट निर्माताले ‘सीता भारतमा जन्मिएकी हुन्’ संवाद फिल्मबाट हटाएको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को ट्रेलरमा सीतालाई भारतकी छोरी भनिएको छ। रामायणअनुसार सीताको जन्म नेपालको जनकपुरमा भएको थियो र भगवान् राम आएर उनीसँग विवाह गरे। फिल्ममा यसबाहेक यस्तै अन्य त्रुटि छन् छैनन् त्यो भने हेर्न बाँकी छ।

फिल्ममा भगवान् रामको भूमिकामा प्रभास, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सन्नी सिंह छन्। सैफ अली खान रावणको भूमिकामा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend