logo
  • शनिबार, असोज १७ २०८३

एनपिएल विजेता लुम्बिनी लायन्सको ट्रफी र्‍याली गुल्मीको रेसुङ्गा पुग्यो


  • पब्लिक सूचना
  • आइतबार, पुष १३ २०८२

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली टोली गुल्मीको रेसुङ्गामा आइपुगेको छ । बाँकेको बाँगेश्वरी मन्दिरबाट सुरु भएको र्‍याली शनिबार साँझ यहाँ आइपुगेको हो ।

गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शन गरिएको हो । ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपिएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई सम्मान गरिएको छ ।

रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थीको बाजागाजा टोलीसहित नगरपालिकाले रेसुङ्गा क्षेत्रमै पुगेर स्वागतसँगै सम्मान गरेको हो । ट्रफी सहितको लुम्बिनी लायन्स टोलीमा गुल्मेली खेलाडी बलर तिलकराज भण्डारी पनि सहभागी हुनु हुन्थ्यो ।

रेसुङ्गा नगरपालिकाले वैशाख २५ गते नगर स्थापना दिवसको अवसरमा खेलाडी भण्डारीलाई नगद २५ हजार रुपियाँसहित सम्मान गर्ने भएको छ ।

तिलकराज भण्डारीले गुल्मी जिल्लासँग जोडिएर क्रिकेट खेल्न पाउनु गर्वको कुरा भएको बताउनु भयो। लुम्बिनी लायन्सले सदरमुकाम तम्घास हुँदै रिडी निस्किएर पाल्पाको यात्रा तय गर्ने भएको बताइएको छ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले खेलप्रति आकर्षण र खेलाडीको सम्मानका लागि समग्र खेलकुदको विकासलाई अगाडि बढाइएको बताउनु भयो। पवित्र धार्मिक भूमि रेसुङ्गा यज्ञशालामा ट्रफी प्रदर्शन गर्ने मौका दिएकोमा लुम्बिनी लायन्सलाई धन्यवाद दिनु भयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend