पब्लिक सूचना
त्रिभुवन आर्मी क्लबले नवौं एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार दोस्रो जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी च्याम्पियनसिपको आज भएको पहिलो खेलमा आर्मीले चुली युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको छ। आर्मीले २४-१६,२५-१२,२५-९ ले खेल जितेको हो।
आर्मीले समूह ‘ए’ को आफ्नो पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई हराएको थियो। आज महिलातर्फको दोस्रो खेल एपिएफ र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद बीच हुनेछ।
पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र मणीमकुन्द भलिबल क्लब तथा नेपाल पुलिस क्लब र खिलजी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल भलिबल संघले शनिवार खेल समय परिवर्तन गरेपछिको खेल तालिका


© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend