logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री सुशीला कार्कीको भनाइः मौलिक परम्परा र भेषभूषा जोगाउनुपर्छ


  • पब्लिक सूचना
  • आइतबार, पुष ६ २०८२

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनुभएको छ ।

संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र भेषभूषा भने नछाड्न नहुनेमा जोड दिनुभएको छ ।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले उक्त कुरा बताउनुभएको हो ।

परिषद्का प्रतिनिधिहरू गुरुङ संस्कृतिअनुरूपका परम्परागत वेशभूषामा उपस्थित हुनुभएको थियो । उहाँहरूको भेषभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरूले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार “कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्संदै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरूलाई थाहा छैन । तर हामी नेपालीसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ । यो जोगाउनुपर्छ । बरू सरकारी कार्यालयमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?”, प्रधानमन्त्री कार्कीले भन्नु भयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend