logo
  • आइतबार, असोज १८ २०८३

मेक्सिकोकी फातिमा बोश फर्नाडेंज मिस युनिभर्स २०२५ घोषित


  • पब्लिक सूचना
  • शुक्रबार, पुष ४ २०८२

बैंकक । मेक्सिकोकी २५ वर्षीया फातिमा बोश फर्नाडेंज मिस युनिभर्स घोषित भएकी छिन् । गत वर्षकी मिस युनिर्भस डेनमार्ककी विक्टोरिया कजेरले बोशको शिरमा ताज पहिराइदिएकी छन् । प्रतिस्पर्धामा चलखेल भएको भन्दै दुई जजले राजीनामा दिएको एक हप्तापछि यो निर्णय आएको हो । 

फातिमा बोश त्यही प्रतियोगी हुन् जसले स्याश सेरोमनीका क्रममा मिस युनिभर्स थाइल्यान्डका निर्देशक नवात इटसाराग्रिसिलले ‘डम्बहेड’ भनेपछि सार्वजनिक रूपमा आपत्ति जनाएकी थिइन् । विवादपछि सबै प्रतियोगीहरूले उनको समर्थनमा सेरोमनी नै छोडेर बाहिर निस्किए । उनै बोशले मिस युनिभर्स २०२५ को ताज जित्नुलाई प्रतिकात्मक विजयका रूपमा हेरिएको छ ।

प्रतियोगितामा थाइल्यान्डकी प्रवनीर सिंह पहिलो फर्ष्ट रनर अप रहिन् । भेनेजुएलाकी स्टेफनी अब्साली तेस्रो स्थानमा रहँदा फिलिपिन्सकी अतिसा मनालो चौथो र कोट डी’आइवरकी ओलिभिया यासे पाँचौँ स्थानमामा रहिन् ।

शीर्ष ५ राउन्डमा फातिमा बोशलाई २०२५ मा महिलाहरूले सामना गर्ने सबैभन्दा ठुला चुनौतीहरू के हुन् र उनले मिस युनिभर्सको रूपमा महिलाहरूको लागि सुरक्षित ठाउँ कसरी सिर्जना गर्नेछिन् भनेर सोधिएको थियो ।

अमेरिकाबाट सुरु भएको मिस युनिभर्स विश्वको सबैभन्दा पुरानो सौन्दर्य प्रतियोगितामध्ये एक हो । प्रतियोगितामा पछिल्लो समय देखिएका विवादलाई विश्लेषकहरूले सौन्दर्य प्रतियोगिताका थाई र मेक्सिकन मालिकहरू बिचको सांस्कृतिक र रणनीतिक भिन्नताहरू भनेका छन् ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend