logo
  • शनिबार, असोज १७ २०८३

बागलुङमा पिकअप जिपको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु


  • पब्लिक सूचना
  • शुक्रबार, पुष ४ २०८२

बागलुङमा पिकअप जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज साँझ ६ः०० बजे म्याग्दीको सदरमुकाम बेनी बजारबाट बागलुङतर्फ आउँदै गरेको ध१च १३३६ नम्बरको पिकअप जीपले ठक्कर दिँदा काठेखोला गाउँपालिका–१ धैरेनीका पाँच वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको हो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका ढुङ्गानाको उपचारका लागि धवलागिरि प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिनुभयो ।

बालकलाई सडक क्रस गर्दैगर्दा जीपले ठक्कर दिएको उहाँको भनाइ छ । जिप चालक पर्वतको जलजला गाउँपापिलका–८ नाङ्लिबाङका २५ वर्षीय सुनिल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend