logo
  • आइतबार, असोज १८ २०८३

पिएसजीले फ्लामेङ्गोलाई पेनाल्टीमा हराउँदै इन्टरकन्टिनेन्टल कप जित्यो


  • पब्लिक सूचना
  • बिहिबार, पुष ३ २०८२

पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ ।

पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे।

च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको पाइला पछ्याएको छ। महादेशीय च्याम्पियन विजेताहरूको प्रतिस्पर्धामा च्याम्पियन्स लिग विजेताले सिधै फाइनल खेल्ने अवसर पाउँछ।

खभिचा क्वारात्स्खेलियाले पहिलो हाफ हुने ७ मिनेट बाँकी हुँदा पिएसजीका लागि गोल गरे। तर ६२औँ मिनेटमा जर्जिन्होको पेनाल्टी गोलले फ्लामेङ्गोलाई बराबरीमा पुर्‍यायो। नियमित समय र ३० मिनेट अतिरिक्त समयको बाँकी समयमा दुवै टोली बराबरीमा रहे।

पिएसजीले पेनाल्टी सुटआउटमा सफोनोभको शानदार प्रदर्शनको मद्दतले कोपा लिबर्टाडोरेस विजेता फ्लामेङ्गोलाई हरायो।

शनिबार लिग १ मा मेत्जविरुद्ध ३-२ को जित पछि विश्राम पाएका केही खेलाडीको अनुपस्थितिमा पिएसजी ले बलियो टिम उतार्यो। तर फिफा वेस्ट बनेका उस्मान डेम्बेले पहिलो रोजाईमा थिएनन् ।

३८औँ मिनेटमा जर्जियाका फर्वार्ड क्वारात्स्खेलियाले डेसिरे डुएको लो क्रसलाई गोलमा परिणत गर्दै पिएसजीलाई अग्रता दिलाए। तर मार्किन्होसले गरेको फाउलको आधारमा जर्जिन्होको पेनाल्टीले खेल बराबरीमा ल्यायो।

पिएसजीले डेम्बेलेलाई अन्तिम १२ मिनेटमा बाँकी रहँदा मैदानमा उतार्दै खेलमा दबाब बनाएपनि दोस्रो गोलका लाहि फ्लामेङ्गोका गोलकिपर अगस्टिन रोसीलाई पार गर्न सकेन।

अन्ततः पेनाल्टी सुटआउटमा सफोनोभले साउल निगुएज, पेड्रो, लियो पेरेइरा र लुइज अराजोको ४ लगातार पेनाल्टी बचाउँदै निर्णायक भूमिका खेले। पिएसजीले भिटिन्हा र नुनो मेन्डेसका सफल प्रहारको मद्दतमा २-१ को जित पक्का गर्यो।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend