logo
  • आइतबार, असोज १८ २०८३

फिफा ‘द बेस्ट’ फुटबल अवार्डका बिजेताहरु (सुची सहित)


  • पब्लिक सूचना
  • बुधबार, पुष २ २०८२

बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेले
फिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्।

कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्।

उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली दुवैका लागि उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई यो सम्मान दिइएको हो।

पुरुषतर्फ पिएसजी र फ्रान्सका फरवार्ड उस्मान डेम्बेले ले फिफा वर्षका उत्कृष्ट पुरुष खेलाडी २०२५ को अवार्ड जिते। उनले पीएसजीलाई फ्रेन्च लिग, कुप डे फ्रान्स र पहिलो पटक युइएफए च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

फिफा ‘द बेस्ट’ अवार्डका विजेता फ्यान, राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान र पत्रकारहरूको मतका आधारमा छनोट गरिन्छ।

यो अवार्डसँगै बोनमाती र डेम्बेले दुवै विश्व फुटबलका उत्कृष्ट खेलाडीका रूपमा फेरि एकपटक स्थापित भएका छन्।

२८ वर्षे डेम्बेलेले सन् २०२४–२५ सिजनमा पिएसजीलाई चार उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसअघि सेप्टेम्बरमा उनले बालोन डि’ओर पनि जितेका थिए।

डेम्बेलेले गत सिजन ५३ खेलमा ५१ गोलमा प्रत्यक्ष योगदान दिएका थिए। पिएसजीलाई पहिलो पटक च्याम्पियन्स लिग जिताउन सहयोग गरेपछि उनले यो व्यक्तिगत अवार्ड जितेका हुन्।

डेम्बेलेले यो अवार्डका लागि बार्सिलोनाका लामिन यामाल र रियल म्याड्रिडका किलियन एम्बाप्पेलाई पछि पारे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend