logo
  • आइतबार, असोज १८ २०८३

भन्सार एजेन्टको असन्तुष्टिपछि पनि सबै भन्सार कार्यालय मङ्सिर २१ देखि सञ्चालनमा


  • पब्लिक सूचना
  • बुधबार, मंसिर २४ २०८२

 मङ्सिर २१ गतेबाट लागु भएको भन्सार ऐनका केही प्रावधानबाट असन्तुष्ट भएका भन्सार एजेन्टहरूले सेवा सुचारु गर्ने भएका छन् ।

भन्सार विभागका निर्देशक (सूचना अधिकारी) किशोर वर्तौलाले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘भन्सार ऐनमा भएका कतिपय प्रावधान र जरिवानाका विषय उठान भएका थिए, कतिपय विषय विनियमावली बन्ने क्रममा रहेकाले स्पष्ट हुने छन् र कतिपय विषय सबै पक्षले ध्यान दिनुपर्ने छ, आजबाटै देशैभरका सबै भन्सार कार्यालय सञ्चालनमा आएका छन् ।’’

विभागले आजै प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘भन्सार एजेन्ट महासङ्घको तर्फबाट विभिन्न किसिमका मागहरू भन्सार विभागमा पेस गरिएकोमा व्यवस्थापन सुधार गर्ने र विभाग र कार्यालयबाट सम्बोधन हुने प्रकृतिका मागहरू विभाग र कार्यालयबाट क्रमशः कार्यान्वयन गर्दै जाने एवम् नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषयमा अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने निर्णय भएको छ ।’’

यो निर्णयसँगै सबै कार्यालय सञ्चालनमा आएको भनाइ निर्देशक बर्तौलाले बताउनु भयो ।

नेपालमा उत्तरतर्फ ९, दक्षिणतर्फ २९, तीन वटा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय छन् भने चोभारमा एउटा सुख्खा बन्दरगाह छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend