logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट


  • पब्लिक सूचना
  • शुक्रबार, मंसिर १९ २०८२

काठमाडाैँ, मङ्सिर १९ गते । नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएकाे छ । नेपाल-जापान सम्बन्धको ७० औं वर्षगाठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल गर्नका लागि उहाँले शिष्टाचार भेट गर्नुभएकाे हाे ।

सो अवसरमा राजदूतले सरकारको समयमै चुनाव गराउने सङ्कल्पको सह्राहना गर्नुका साथै सरकारले चाहेको आवश्यक सहयोग उपलब्ध गराउन जापान सरकार तयार रहेको दोहोऱ्याउनुभयो ।

प्रधानमन्त्री कार्कीले जापानले नेपालको विकास लगायत विविध क्षेत्रमा पुऱ्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग-सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend