logo
  • शनिबार, असोज १७ २०८३

बागलुङमा पिकअप जीप दुर्घटना: ८ घाइते, दुईको अवस्था गम्भीर


  • पब्लिक सूचना
  • बिहिबार, मंसिर १८ २०८२

  बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दुईको अवस्था चिन्ताजनक छ। 

बरेङदेखि बागलुङ बजारतर्फ आउँदै गरेको  ग ३ च ४८३४ नम्बरको जीप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।

जीप चालक र एक यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल पठाइएको प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिनुभयो।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend