पब्लिक सूचना
नेकपा (एमाले) ले महाधिवेशन उद्घाटन स्थल भक्तपुर सल्लाघारी तय गरेको छ।
बागमती इञ्चार्ज राजन भट्टराईले ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी र बन्दसत्र भृकुटीमण्डपमा गर्ने तयारी रहेको उनले बताए।
‘नेकपा (एमाले) ११ औं महाधिवेशन उद्घाटन समारोह यही मंसिर २७, २०८२ का दिन भक्तपुरस्थित सल्लाघारीमा हुनेछ भने बन्दसत्र भृकुटीमण्डप, काठमाडौंमा,’ उनले भने।
काठमाडौंमा सवारी चाप, मानिसहरूको आवतजावत आदिलाई ध्यानमा राखेर उद्घाटनस्थल परिवर्तन गरेको एमालेले बताएको छ। यसअघि एमालेले उद्घाटन खुलामञ्च या भृकुटीमण्डपमै गर्ने गरी छलफल गरेको थियो।
आज बसेको महाधिवेशन सचिवालयको बैठकले महाधिवेशन उद्घाटन स्थल परिवर्तन गरेको हो।
एमालेको ११ औं महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ।
एमालेको यो महाधिवेशन नेतृत्व चयनसँग जोडिएको छ। एमालेले गत भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गरेर नीति तय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले त्यसमा धेरै छलफल नहुने बताएका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend